राजनीति


आन्दोलनकारीको अडान– संसद् विघटन हुनैपर्छ, निर्णय प्रक्रियामा जेनजीको सहभागिता सुनिश्चित गर

आन्दोलनकारीको अडान– संसद् विघटन हुनैपर्छ, निर्णय प्रक्रियामा जेनजीको सहभागिता सुनिश्चित गर

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १५:२७, काठमाडौँ

जेनजी आन्दोलनले संसद् विघटन हुनैपर्ने र निर्णय प्रक्रियामा जेनजीलाई सहगिता सुनिश्चित गरिनुपर्ने अडान अघि सारेको छ।

जेनजीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले भर्खरै सामाजिक सञ्जालमा पोस्ट गरी भनेको छ, ‘हाम्रो अबको प्राथमिक एजेन्डा संसद्को विघटन र निर्णय प्रक्रियामा जेनजीको सहभागिता सुनिश्चित गर्नु हो।’

जेनजीका विभिन्न समूहका प्रतिनिधिका रूपमा सुदन गुरुङलाई आज शीतलनिवास बोलाइएको थियो। 

जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ। 

कार्कीले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद् विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त बनाएकी छन्।

जेनजीको माग, मर्म र भावनाअनुसारको मार्गचित्रमा काम गर्न नपाउने हो भने आफू प्रधानमन्त्री नबन्ने अडान राखेर गएराति उनी शीतलनिवासबाट निस्किएकी थिइन्। 

अब जेजनीसँगै वार्ता गरेर निर्णयमा पुग्न पनि उनले भनेकी छन्।

संसद् विघटन नगर्न पुराना राजनीतिक दल, संघीय संसद्का दुवै सदनका प्रमुखहरूको दबाब छ। आजै मात्र सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले लिएको अडानको पक्षमा आफूलाई उभ्याएका छन्। र, संविधानभित्रैबाट समाधान खोज्न भनेका छन्।

हालको संविधानमा संसद्बाहिरबाट प्रधानमन्त्री चयन गर्ने व्यवस्था छैन। संसद्को बहुमत प्राप्त गर्न सक्ने सांसद वा पहिलो संसद्ीय दलेको नेता मात्र प्रधानमन्त्री बन्ने व्यवस्था संविधानको धारा ७६ मा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad