फोटोफिचर


काठमाडौँका विभिन्न क्षेत्रमा प्रदर्शन र आगजनी (तस्बिरहरू)


सरोज नेपाल
भदौ २४, २०८२ मंगलबार १२:१५, काठमाडौँ

मङ्‌गलबार बिहानैदेखि काठमाडौँका विभिन्न चोकमा जेनजी प्रदर्शनकारीले प्रदर्शन र आगजनी सुरु गरेका छन्।

उपत्यका तीनै जिल्लाका चोक चोकमा प्रदर्शनकारी भेला भई प्रदर्शन तथा आगजनी गरेका हुन्।

यसै क्रममा प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास, राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा आगजनी गरेका छन्।

त्यस्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रदर्शनकारी पुगेपछि हवाई फायर भएको छ।

सोमबारको प्रदर्शनमा व्यापक दमन भएपछि आज बिहानैदेखि प्रदर्शनकारी प्रदर्शनमा उत्रिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad