गण्डकी


कास्कीका ३ निर्वाचन क्षेत्रमा ४९ उम्मेदवार

५ जना महिला, ६ जना स्वतन्त्र
कास्कीका ३ निर्वाचन क्षेत्रमा ४९ उम्मेदवार

नेपालखबर
माघ ६, २०८२ मंगलबार २२:२८, पोखरा

आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३ वटा निर्वाचन क्षेत्रमा कुल ४९ जना उम्मेदवारी दर्ता गरेका छन्। 

कास्कीको क्षेत्र नम्बर १ र २ मा १७/१७ र क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी पेश गरेका निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ। 

निर्वाचन अधिकृतको कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार कास्की क्षेत्र नम्बर १ मा एकजना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी विभिन्न दलबाट उम्मेदवारी दिएका हुन्। 

क्षेत्र नम्बर २ मा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिनेहरु सबैले राजनीतिक दलको प्रतिनिधित्व गरेका छन्।  

क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट मनिषा द्वा उम्मेदवार बन्दा नेपाल मजदुर किसान पार्टीकी अमिता अवाललाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर ३ मा ३ महिला उम्मेदवार छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीले विना गुरुङलाई उम्मेदवार बनाएको छ भने उज्यालो तीर्थ गुरुङले नेसनल रिपब्लिक पार्टी र मीना निन्सितुले मजदुर किसान पार्टीको प्रतिनिधित्व गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad