गण्डकी प्रदेशका आर्थिक मामिलान्त्री जीत शेरचनले आगामी आर्थिक वर्ष २०८३/०८४ को आयव्यय विवरण प्रस्तुत गरिहेका छन्।
उनले बजेट प्रस्तुत गर्ने क्रममा गण्डकी प्रदेशले उत्पादनमार्फत् समृद्धि र समृद्धिलाई सामाजिक न्यायमा वितरण गर्ने घोषणा गरेका छन्।
उनले बजेटका उद्देश्यहरूमा आर्थिक वृद्धिमार्फत् समुन्नत प्रदेश निर्माण गर्ने, उत्पादन र उत्पादकत्व अनि रोजगारी बढाएर गरिबी बढाउने, सामाजिक सुरक्षामा नागरिकको पहुँच बढाउने अनि नवप्रवर्तनमार्फत् सुदृढ अर्थतन्त्र निर्माण गर्ने बताएका छन्।
आर्थिक मामिलामन्त्रीले दिगो र गुणस्तर पूर्वाधार निर्माण, लगानीमैत्री वातावरण निर्माण, कृषिको व्यावसायीकरण र बजारीकरण ,मानव संशाधन विकास र रोजगार अनि समावेशी विकासलाई बजेटका प्राथमिकता भएको बताएका छन्।
गण्डकी प्रदेश सरकारले पहाडी क्षेत्रमा ओखरसहित अन्य काष्ठफल प्रवर्द्धन कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। युवाहरूलाई गाउँ फर्काउन कृषि उद्योगमा भएको लगानीमा ब्याजमा अनुदान दिने घोषणा गरेको सरकारले ओखरसहितका काष्ठफल लगाउनका लागि २० करोड विनियोजन गरिएको छ।
आर्थिक मामिलामन्त्रीले आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गर्दै उनले कृषि भूमि तथा सहकारी क्षेत्रको लागि २ अर्ब २ करोड रुपैयाँ विनियोजन गरेका छन्।

प्रतिक्रिया