गण्डकी सरकारले उद्योग तथा पर्यटन क्षेत्रको विकासको लागि दुई अर्ब रुपैयाँ विनियोजन गरेको छ।
आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनको पहलकदमीको घोषणा पनि गरेका छन्। ती उद्योग सञ्चालनका लागि संघ सरकारसँग सहकार्य गरिने उनको भनाइ छ।
यस्तै मन्त्री शेरचनले धौलादी फलाम खानी उत्खनन र अन्य खनिजको खोज र उत्खननको लागि २५ करोड विनियोजन गरेको जानकारी गराएका छन्। त्यो रकमबाट लोकाहाखोला र पुँडीटार औद्यौगिक क्षेत्रको जग्गा प्राप्ति र निर्माण प्रक्रिया अगाडि बढाइने पनि उनले बताए।
यस्तै गण्डकी सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहित गर्ने जनाएको छ।
सरकारले अन्तरजातीय विवाह गर्नेलाई पुनर्स्थापित गर्नका लागि पनि बजेटको व्यवस्था गरेको आर्थिक मामिलामन्त्री शेरचनले जानकारी गराएका छन्।

प्रतिक्रिया