गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९९ सय करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ। गण्डकीका आर्थिक मामिलामन्त्री जित शेरचनले सोमबार आर्थिक वर्ष २०८३/०८४ को आयव्यय विवरण प्रस्तुत गरेका हुन्। यो चालु आर्थिक वर्षको ३१ अर्ब ९७ करोड ९९ लाखभन्दा बढी हो।
शेरचनले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १२ अर्ब ७२ करोड २६ लाख अर्थात् ३८ .५६ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख अर्थात ६०.४४ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फ २५ करोड छुट्याइएको छ।
खर्चको स्रोतमा शेरचनले नेपाल सरकार वित्तीय समानीकरण ७ अर्ब ८४ करोड ८२ लाख, राजश्व बाँडफाँट १० अर्ब १६ करोड ४७ लाख, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख, ससर्त अनुदान ३ अर्ब, समपूरक अनुदान ५५ करोड ४६ लाख, विशेष अनुदानबाट ४९ करोड,
आन्तरिक स्रोत परिचालनबाट ५ अर्ब ५ करोड ८४ करोड ५४ लाख अनि चालु आर्थिक वर्षबाट २ अर्ब मौज्दात भएको बताएका छन्। उनले अपुग १ अर्ब ७५ आन्तरिक ऋणबाट पूर्ति गर्ने घोषणा पनि गरेका छन्।
Shares

प्रतिक्रिया