काठमाडौं महानगरले धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ।
महानगरका मेयर बालेन्द्र शाहले रातोपुलनजिकै धोबीखोलामा फोहोर फालेको छानबिन गरी कारबाही गरिएको बताएका हुन्।
‘धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ’, बालेन्द्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘छानबिन गरी उक्त कार्यमा संलग्न कम्पनीलाई २५ हजार जरिवाना गरेका छौँ।’
उनले कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गरेका छन्।
ट्विटरमा भाइरल भिडिओ :
काठमाण्डौ महानगर सफा राख्ने मेयर बलेन साहको उत्तम उपाय !
— Sarmila Acharya (@AcharyaSarmila) July 11, 2022
अरु नगरपालिकाहरुले पनि अनुसरण गर्दा हुन्छ !! pic.twitter.com/TAFQtE6XAa
केही दिनयता सामाजिक सञ्जालमा सडकमा जम्मा गरिएको फोहोर स्काभेटरले खोलामा फालिएको छ।
प्राक्टिकल बेस्ट सोलुसन प्रालिलाई फोहोर फालेबापत उक्त जरिवाना तिराइएको हो।
Shares
प्रतिक्रिया