खेल


भारतीय खेलाडीलाई पराजित गर्दै दुबईमा प्रिन्सले जिते स्वर्ण

भारतीय खेलाडीलाई पराजित गर्दै दुबईमा प्रिन्सले जिते स्वर्ण

नेपालखबर
भदौ २९, २०७६ आइतबार १५:१,

नेपालका प्रिन्स दाहालले दुबईमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा स्वर्णपदक जितेका छन्।

दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा आइतबार सम्पन्न फाइनलमा प्रिन्सले प्रतियोगिताको शीर्ष वरीयता तथा विश्वको नवौं वरीयताका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक जितेका हुन्।

प्रिन्सले वरुणमाथि २१–१९ र २१–१९ को जित निकालेका थिए। प्रिन्सले सेमिफाइनलमा वसन्त कुमार राजेन्दरनलाई र क्वाटरफाइनलमा रोहन गुर्वानीलाई पराजित गरेका थिए। प्रिन्सले मिक्स डबल्समा सानिया चन्दसँग मिलेर रजतपदक हात पारे।

यस्तै, यु–१९ ब्वाइज डबल्समा नवहान नजिवसँग मिलेर रजतपदक हात पारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .