फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध २-१ गोलको अग्रता बनाएको छ।
एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै इजिप्टले खेलमा अग्रता बनाएको हो।
खेलको ५८ औँ मिनेटमा पहिलो गोल गरेको इजिप्टले भर्खरै अर्को गोल गरेर खेललाई आफू अनुकूल बनाएको छ। मोहमद सलाहले ६७ औँ मिनेटमा टिमका लागि दोस्रो गाेल गरे।
यसअघि पहिलो हाफको खेल सकिँदा न्युजिल्यान्डले १-० को अग्रता बनाएको थियो।
खेलको १५ औँ मिनेटमा फिन समनले हेड मार्फत गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
42
Shares

प्रतिक्रिया