ad ad

समाज


सर्लाही गोलीकाण्डमा संलग्न दुई जना पक्राउ

सर्लाही गोलीकाण्डमा संलग्न दुई जना पक्राउ

नेपालखबर
भदौ २९, २०७६ आइतबार १५:२२,

सर्लाहीको ईश्वरपुर नगरपालिका–१० खैराबजार नजिक शुक्रबार साँझ भएको गोली प्रहार घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही नगरपालिका–११ का २७ वर्षीय रन्जित राय र ३२ वर्षीय उमेश साह रहेका छन्।

शुक्रबार साँझ भएको गोली प्रहारबाट स्थानीय ३५ वर्षीय राजेश साह गम्भीर घाइते भएका थिए।

रंजित रायले चलाएको मोटरसाइकलमा खैराबजार गएका राजेश साहले सोही ठाउँस्थित निर्माणधिन घरमा आफ्नो साथमा बोकी राखेको पेस्तोल निकाली आफ्ना भाइ उमेश साहलाई देखाउँदा उमेशले उक्त पेस्तोल लिई आकाशतर्फ १ राउण्ड फायर गर्दा घरको छतमा सानो प्वाल परेपछि रंजितले पेस्तोल खोसी आफ्नो साथमा राख्ने क्रममा पड्किदा राजेशको पेटमा गोली लागेर घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

घाइते राजेशको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ।

उक्त निर्माणधिन घरबाट गोलीको खोका १ थान, उनीहरुले बताए अनुसार सोही नगरपालिका–११ स्थित खैरातर्फ जाने बाटोको झाडीमा, गोलीको खोका अडकीएको अवस्थामा मेडइन यूएसए लेखेको पेस्तोल १ थान, उक्त पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड र म्याग्जिन १थान प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .