फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध ३-१ गोलको अग्रता बनाएको छ।
एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै इजिप्टले खेलमा अग्रता फराकिलो बनाएको हो।
खेलको ५८ औँ मिनेटमा पहिलो गोल गरेको इजिप्टले ६८ औँ मिनेटमा दास्रो र भर्खरै तेस्रो गोल गरेर जितलाई अझ पराकिलो बनाएको छ।
यसअघि पहिलो हाफको खेल सकिँदा न्युजिल्यान्डले १-० को अग्रता बनाएको थियो।
खेलको १५ औँ मिनेटमा फिन समनले हेड मार्फत गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि न्युजिल्यान्ड इजिप्ट अघि निकै कमजोर ढंगले खेलिरहेको छ।
12
Shares

प्रतिक्रिया