खेल


न्युजिल्यान्डविरुद्ध इजिप्टको सानदार जित

न्युजिल्यान्डविरुद्ध इजिप्टको सानदार जित

नेपालखबर
असार ८, २०८३ सोमबार ८:४६, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध सानदार जित निकालेको छ। 

भ्यान्कुभरको बीसी प्यालेसमा एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै इजिप्टले खेलमा ३- १ को जित निकालेको हो। 

खेलको १५औँ मिनेटमा फिन सुरम्यानले हेडमार्फत गोल गरी न्युजिल्यान्डलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए। 

तर, दोस्रो हाफमा इजिप्टले न्युजिल्यान्डविरुद्ध लगातार तीन गोल प्रहार गर्‍यो।

इजिप्टले पहिलो गोल ५८औँ मिनेटमा गरेको थियो। इजिप्टका मुस्ताफा जिकोले पहिलो गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

खेलको ६७औँ मिनेटमा इजिप्टका कप्तान मोहम्मद सलाहले उत्कृष्ट गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए।

८२औँ मिनेटमा  मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी ट्रेजेगुएले गोल गर्दै इजिप्टका लागि ३–१ को जित सुनिश्चित गरेका हुन्। 

फिफा विश्वकप इतिहासमा इजिप्टको यो पहिलो जित हो। इजिप्टले विश्वकपको एकै खेलमा तीन गोल गरेको पनि यो पहिलो पटक हो।

यो जितसँगै समूह ‘जी’मा इजिप्ट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्यान्ड भने एक अंकमा सीमित रहेर चौथो स्थानमा झरेको छ। यो समूहमा इरान र बेल्जियम दुई दुई अंकमा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad