ad ad

खेल


साग कार्यविधिको मस्यौदा मन्त्रीपरिषदबाट पारित

साग कार्यविधिको मस्यौदा मन्त्रीपरिषदबाट पारित

नेपालखबर
भदौ २९, २०७६ आइतबार १२:३५,

खेलकूद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले कार्यविधि मस्यौदा पारित भइसकेको बताउँदै आगामी असोज १० गतेभित्रमा खेलकूदमन्त्रीको अध्यक्षतामा रहेको आयोजक समितिको बैठक बसेर कार्यविधिअनुसार सबै समिति गठन गरी पूर्ण क्षमतामा काम अघि बढाइने बताए।

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् तथा विभिन्न खेल संघहरु प्रतियोगिता भव्य बनाउन लागिपरेको उनले बताए।

यस्तै उनले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन पारित भए सोही अनुसार र नभए मौजुदा कानूनअनुसार नै पदाधिकारी नियुक्त गरिने बताए।

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकूद ऐन छलफलमा रहेको जानकारी दिँदै मन्त्री विश्वकर्माले भने, ‘चालू अधिवेशनबाट खेलकूद ऐन पारित भएको खण्डमा ऐनको व्यवस्थाअनुसार गर्दछौँ, पारित नहुने परिस्थिति आएमा लामो समय जिल्लाहरु रिक्त रहन दिँदैनौँ।’

खेलकूद ऐन आएलगत्तै प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशमा स्तरीय संरचनाअनुसार खेलकूदको विकासका लागि प्रदेशस्तरीय संरचना बनाउन सक्ने भनाइ मन्त्री विश्वकर्माको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .