ad ad

समाज


काठमाडौंको सडकमा सिकारू चालक, प्रहरीले पक्रेपछि एक सय ५० रुपैयाँ घुस!

काठमाडौंको सडकमा सिकारू चालक, प्रहरीले पक्रेपछि एक सय ५० रुपैयाँ घुस!

नेपालखबर
भदौ २९, २०७६ आइतबार १२:३४,

काठमाडौं उपत्यकामा दैनिकजसाे  सवारी दुर्घटनामा बढीरहेका बेला मुख्य सडकमा सार्वजनिक माइक्रो हुँइक्याउने चालक सिकारु भएकाे खुलासा भएको छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले आइतबार अपरान्ह २ बजे बबरमहल चोकमा गरेको आकस्मिक जाँचमा बा ३ ख ११०७ नम्बरको माइक्रोका चालक नै सिकारु भएको फेला परेको हो।

वृत्तबाट सई विकास श्रेष्ठको नेतृत्व खटिएको टोलीले चेकजाँचका क्रममा सो माइक्रो चलाउने रामेछापका रामकुमार श्रेष्ठ सिकारु भएको भेटिएको थियो।

उनलाई नियन्त्रणमा लिएपछि चालक तीर्थबाहादुर प्रधान वृत्त पुगेका थिए। प्रहरीले उनीसँग कागजपत्र माग्दा उनले प्रहरीलाई एक सय ५० रुपैयाँ घुस दिएका थिए।

सिकारु चालकलाई राखेर माइक्रो हुयक्याउने र प्रहरीले कागजात माग्दा उल्टै घुस दिएपछि उनलाई प्रहरीले त्यही पक्राउ गरेको थियो।

त्यस्तै प्रहरीले सिकारु चालक श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको। उनीहरु दुवैलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .