वायुसेवा सञ्चालकहरुको संस्था नेपाल वायुसेवा सञ्चालक संघले जहाजभित्र मन्त्रीमाथि हुलहुज्जत हुनु दूर्भाग्यपूर्ण भएको भन्दै खेद प्रकट गरेको छ।
शनिबार काठमाडौं आउने बुद्ध एयरको उडानका क्रममा उडान ढिला गराएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री विरुद्ध अभद्र व्यवहार भएको र यो दूर्भाग्यपूर्ण भएको संघले विज्ञप्तिमार्फत् जनाएको छ। जहाजभित्र कसैमाथि अभद्र व्यवहार वा हुल हुज्जत हुनु सुरक्षाका दृष्टिले समेत क्षम्य नहुने संघले जनाएको छ।
‘मन्त्री ज्यूको दिनभरीको व्यस्थ कार्यक्रमको कारण केही समय ढिला भयो। त्यही आधारमा उहाँप्रति जुन व्यवाहर भयो यो सेफ्टीका हिसाबले पनि राम्रो भएन’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हवाई सेवा घरेलू कानूनमात्र नभएर अन्तर्राष्ट्रिय कानून तथा अभ्यासका आधारमा पनि चल्ने भएकाले यसमा सबै गम्भिर हुनुपर्ने संघको धारणा छ।
प्रतिक्रिया