जर्मन क्लब वायर्न म्युनिख र बोरुसिया डर्टमन्डका खेलाडीहरु आफ्नो तलब कटौती गर्न सहमत भएका छन्। कोरोना भाइरसको महामारीका कारण वायर्नका खेलाडीहरुको तलबको २० प्रतिशत तलब कटौती हुने भएको छ।
कटौती गरिएको तलबले क्लबका अन्य कामदारलाई आर्थिक सहयोग गरिने बताइएको छ। टोलीका पहिलो रोजाइका खेलाडीले कठिन र फरक परिस्थितिमा भएको भन्दै उक्र प्रस्ताव स्वीकारेको बताइएको छ।
यसअघि वायर्नका स्ट्राइकर रोबर्टो लेवान्डोस्की र उनकी श्रीमतीले पनि १ मिलियन युरो कोरोना प्रभावितलाई सहयोग गरेका थिए।
गत हप्ता बोरुसिया मोन्चेन्ग्लाबाचका खेलाडी तलब कटौतीका लागि सहमत भएका थिए।

प्रतिक्रिया