ग्लोबल


बेलायतका प्रधानमन्त्री स्टार्मरले सोमबार राजीनामा घोषणा गर्ने अनुमान

बेलायतका प्रधानमन्त्री स्टार्मरले सोमबार राजीनामा घोषणा गर्ने अनुमान

नेपालखबर
असार ७, २०८३ आइतबार २०:५०, काठमाडौँ

बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिन सक्न विषयमा अड्कलबाजी तीव्र भएको छ।

उनले सोमबार आफ्नो राजीनामाको योजना वा समयसीमा घोषणा गर्न सक्ने संकेत देखिएका छन्।

स्टार्मरले निरन्तर रूपमा पद नत्याग्ने र कुनै पनि चुनौती सामना गर्ने बताइरहे पनि विगत ४८ घण्टामा बेलायती सरकारभित्रको परिस्थिति परिवर्तन हुँदै गएको देखिन्छ।

सरकारी स्रोतहरूका अनुसार धेरैले अब प्रधानमन्त्रीले सोमबार राजीनामाको समयसीमा घोषणा गर्न सक्ने विश्वास गरेका छन्। 

सरकारभित्र द्रुत गतिमा परिवर्तन भइरहेको घटनाक्रम बिजिनेस सेक्रेटरी पिटर काइलको विज्ञप्तिले पनि संकेत गरेको छ।

उनले बीबीसीसँग भनेका छन्, 'प्रधानमन्त्रीले देशको सर्वोत्तम हितमा निर्णय लिनुहुनेछ।'

पिटर काइलले स्टार्मरले आफूले सामना गरिरहेका चुनौती र राजनीतिक परिस्थिति विचार गरिरहेको पनि बताएका छन्।

यद्यपि उनको सम्भावित राजीनामाबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad