समाज


कोरोना भाइरसः इटली र स्पेनको अवस्था डरलाग्दो

कोरोना भाइरसः इटली र स्पेनको अवस्था डरलाग्दो

नेपालखबर
चैत १३, २०७६ बिहिबार ९:१५,

एकाएक चीनले यस्तो भयावह स्थिति नियन्त्रण गर्न सफल भयो। चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गएको छ।

चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २८७ पुगेको छ। हिजो यो सङ्ख्या तीन हजार २८२ रहेको थियो। यसैगरी यस रोगबाट त्यहाँ ८१ हजार २८५ जना सङ्क्रमित रहेका छन्।

चीनमा स्थिती सामान्य बन्दै जाँदा भने इटली र स्पेनको अवस्था भयावह बन्दै गएको छ। इटली र स्पेनमा दैनिक कोरोना संक्रमित र मृतक दर सयौंले बढिरहेका छन्।

कोरोना भाइरसको प्रभाव यी देशमा रोक्न सकिएको छैन।

मृतक संख्यामा चीनलाई इटली र स्पेनले उछिनिसकेको छ। यसको अर्थ चीन कोरोना नियन्त्रण गर्न सफल भएको छ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार ५०३ जनाको मृत्यु भएको छ। हाल ७४ हजार ३८६ जना सङक्रमित रहेका छन्।

यस भाइरसबाट स्पेनमा एक दिनमा थप ७३८को मृत्यु भएपछि यस कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६४७ पुगेको छ।

स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको जनाइएको छ।

इटलीले कोरोना रोकथामको विधिस्वरुप पुरा देशलाई नै केही सातायता लकडाउन गरेको छ। स्पेनमा पनि लकडाउन गरिएको छ।

विश्वभर हाल ४ लाख ७३ हजार १३७ कोरोना संक्रमित छन्। २१ हजार ३३६ को मृत्यु भइसक्दा १ लाख १४ हजार ७७९ उपचारपछि स्वस्थ बनेका छन्। एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad