कारोबार


ग्यासको विकल्पमा सस्तो भयो इन्डक्सन चुलो

ग्यासको विकल्पमा सस्तो भयो इन्डक्सन चुलो

नेपालखबर
चैत १३, २०७६ बिहिबार ९:२७,

लक डाउनको समयमा खाना पकाउने एलपी ग्यासको कमी भए विकल्पमा इन्डक्सन चुलो सस्तो हुने भएको छ।

सर्वसारधारणले अधिक मात्रामा ग्यास सिलिण्डरको संचित गरेकाले बजारमा ग्यासको केही कमी हुन थालेको छ।

भारतले नेपाललाई मासिक कोटा अनुसार ग्यास प्रदान गर्दै आएको छ। चालू महिना सकिन ६ दिन बाँकी रहँदा १५ हजार मेट्रिकटन मात्रै आयात गर्न बाँकी छ।

यो महिना ५० हजार मेट्रिकटन ग्यास आउनु पर्ने थियो। बुधबार साँझ सम्म ३५ हजार ५ सय ५९ मेट्रिकटन आयात भैसकेको छ। यो परिमाण चालू महिनालाई पुग्ने नै परिमाण हो।

तर लकडाउनकै सयममा उपभोक्ताबाट अत्याधिक माग र सोही अनुसार खपत हुँदा समस्या देखिएको उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीका अनुसार बुधबार जति परिमाणमा आपूर्ति भयो सोही परिमाणमा खपत भएको छ। बुधबार १६ हजार मेट्रिकटन आपूर्ति भएकोमा सो परिमाण नै खपत भएको हो।

ग्यासको माग अत्याधिक हुन थालेपछि भने सरकारले त्यसको विकल्प पनि खोज्न थालेको छ। ग्यास माग कृतिम भएको हुन सक्ने आकलन गरेर, एक परिवारलाई एक सिलिण्डर मात्रै बिक्री गर्न सुरु गरिएको छ।

त्यस्तै, आधा सिलिण्डर बिक्री गर्ने बारे पनि छलफल चलिरहेको बताइएको छ। उद्योगी र ग्यास बिक्रेताहरुको राय अनुसार आधा सिलिण्डर ग्यास बजारमा पठाउन सक्ने गरी उद्योगीलाई अधिकार प्रदान गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जनाकारी दिए।

ग्यास नै कम प्रयोग होस् र बिजुलीको प्रयोग बढोस् भनेर सरकारले इन्क्डसन चुलोमा लगाउँदै आएको भन्सार शुल्क हटाएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार इन्डक्सन प्रयोगकर्तालाई प्राधिकरणले विद्युत महशुलमा समेत छुट दिने तयारी थालेको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले १५ प्रतिशत लाग्दै आएको भन्सार शुल्क हटाएको हो। जसको कारणले अब इन्डक्सन चुलो कम्तिमा कूल मूल्यको १५ प्रतिशत सस्तो हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad