ad ad

खेल


विश्वकप जितेर स्वदेश फर्किएको भारतीय क्रिकेट टोलीद्वारा प्रधानमन्त्री मोदीसँग भेट (भिडिओ)

विश्वकप जितेर स्वदेश फर्किएको भारतीय क्रिकेट टोलीद्वारा प्रधानमन्त्री मोदीसँग भेट (भिडिओ)

नेपालखबर
असार २०, २०८१ बिहिबार २०:३०, काठमाडौँ

टी–२० विश्वकपको उपाधि जितेर बार्बाडोसबाट बिहीबार स्वदेश (भारत) फर्किएको भारतीय क्रिकेट टोलीले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ। 

यो जित मनाउन भारतीय क्रिकेट टोलीले आज साँझ विजय परेड आयोजना गरेको छ। यो परेड मुम्बईको मरिन ड्राइभ र वानखेडे स्टेडियममा आयोजना गरिएको हो। 

गत जुन २९ मा बार्बाडोसमा भएको टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो।

रोहित शर्माको कप्तानीमा भारतले १७ वर्षपछि दोस्रोपटक टी-२० विश्वकपको उपाधि जितेको हो।

भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री मोदीसँग भेट गरेको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .