ad ad

खेल


टी-२० विश्वकप जित्ने भारतीय टोलीलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा

टी-२० विश्वकप जित्ने भारतीय टोलीलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा

बीसीसीआईका सचिव जय शाह


नेपालखबर
असार १७, २०८१ सोमबार ५:५३, काठमाडौँ

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी-२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोड भारतीय रुपैयाँ (भारु) पुरस्कार दिने घोषणा गरेको छ।

बीसीसीआईका सचिव जय शाहले सोसल मिडिया प्लेटफर्म एक्समार्पत पुरस्कार घोषणा गरेका हुन्। 

उनले लेखेका छन्, ‘आईसीसी पुरुष टी-२० विश्वकप २०२४ जित्ने टिम इन्डियालाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु।’

‘भारतीय टोलीले प्रतियोगिताभरि असाधारण प्रतिभा, दृढ संकल्प र खेलकुद प्रदर्शन गरेको छ। यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ।’

बार्बाडोसमा शनिबार राति भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको हो। भारतीय टोलीले  अपराजित रहेर १७ वर्षपछि दोस्रोपटक विश्वकप उपाधि जितेको हो।

टी–२० विश्वकप जितेकामा भारतीय टोलीलाई आईसीसीले झन्डै २० करोड भारतीय रुपैयाँ पुरस्कार दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .