१६ नेपाली क्रिकेट टोली समावेश प्रतियोगिता शनिबार काठमाडौंमा सम्पन्न भएको हो।
पाकिस्तानी दूतावासले आयोजना गरेको यस प्रतियोगितामा काठमाडौं बाहिर र भित्रका क्लबहरुले दश दिनसम्म प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको उपाधि काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसीटीले जित्यो भने इन्स्टिच्युट अफ इन्जिनियरिङ क्रिकेट क्लब दोस्रो बन्यो।
प्रतियोगितामा १४ वर्षका अन्स अग्रवाल उत्कृष्ट कान्छा खेलाडी घोषित भए।
पुरस्कार वितरण कार्यक्रममा क्रिकेट एसोसिएसन नेपालका अध्यक्ष चतुर बहादुर चन्द तथा क्यानका पूर्व अध्यक्ष तथा उपाध्यक्ष पनि उपस्थित थिए।
प्रतियोगिताको समापन कार्यक्रममा क्यानका अध्यक्ष चन्दले पाकिस्तानको दूतावासले आयोजना गरेको क्रिकेट प्रतियोगिताले नेपाली खेलको विकासमा टेवा पुगेको बताउँदै नेपाल पाकिस्तानको सम्बन्धमा थप नयाँ आयाम थपेको बताए।

यस्तै नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले नेपाल र पाकिस्तानी युवालाई एक बनाउन दूतावासले आगामी दिनमा नयाँ नयाँ कार्यक्रमहरु सन्चालन गर्ने बताए। यस्ता खेल प्रतियोगिता दुई देशका मानिसहरुबीचमा सम्बन्ध बढाउने महत्वपूर्ण माध्यम भएको उनको भनाइ थियो।
पाकिस्तानी दूतावासले वर्षेनी आयोजना गर्ने टी–२० क्रिकेट पाकिस्तान र नेपालको सम्बन्ध मजबुत बनाउने आधार बन्दै आएको छ।



प्रतिक्रिया