समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको गुटगत खिचातानीले प्रतिनिधिसभालाई पङ्गु र निष्काम बनाएको बताएका छन्।
नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा सूचना टाँस गरी तेस्रोटक आइतबार संसद बैठक स्थगित भएपछि अध्यक्ष भट्टराईले बहुमत भएकै दलको गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पङ्गु भएको प्रतिक्रिया दिएका हुन्।
उनले हिजो दलीय खिचातानी, त्यसपछि सहमतिका नाममा प्रतिनिधिसभालाई बन्धक बनाइँदै आएको उल्लेख गर्दै अध्यक्ष भट्टराई पछिल्लो समय एउटै दलको स्पस्ट बहुमत हुँदाहुँदै पनि गुटीय खिचतानीका कारण प्रतिनिधिसभालाई पङ्गु र निष्काम बनाउने काम भएको बताएका छन्।
‘हिजो दलीय खिचातानिले संस–संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो। तर, आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पङ्गु-निष्काम हुने र बैठक सरिरहने? जनप्रतिनिधि मुकदर्शक भैरहने? यही हो लोकतन्त्र? अझै कम्युनिज्म? धन्य कणहरू।’
— Baburam Bhattarai (@brb1954) January 12, 2020हिजो दलीय खिचातानिले संस/संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो।तर आज नियमित संविधान र एउटैदलको स्पष्टवहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु/निष्काम हुने र बैठक सरिरहने?जनप्रतिनिधि मुकदर्शक भैरहने?यही हो लोकतन्त्र?अझै कम्युनिज्म?धन्य कणहरू!
संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको छ।
पूर्वमाओवादी समूहले तत्कालीन एमाले र माओवादीबीचको भागबण्डामा सभामुख आफ्नो भागमा परेको र अहिले पनि आफूले नै सभामुख सिफारिस गर्न पाउनुपर्ने अडान राखेको छ भने पूर्वएमाले पक्षबाट प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने पूर्वएमाले समूहबाटै उपसभामुख बनेकी शिवामाया तुम्बाहाङ्फेले पनि सभामुखका दावी प्रस्तुत गर्दै आइरहेकी छन्।
नेकपाले सभामुखको टुंगो नलगाउँदा यसअधि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। आइतबार दिउँसो १ बजे बोलाइएको बैठक पनि माघ ६ गते बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको छ।

प्रतिक्रिया