जम्मा ७ मतको अन्तरले मात्रै यो वर्षको बेलन डिओर बार्सिलोना स्टार लियोनल मेस्सीले हात पारे। उनका निकटतम प्रतिद्वन्द्वी लिभरपुलका भर्जिल भान डाइकले आफूले मेस्सीसँग हार्नुपर्दा अलिअलि निरास भएको खुलासा गरेका छन्।
‘मेस्सीसँग हार्नुपर्दा अलिअलि निरास भएँ। तैपनि समारोहमा जाने निर्णय मैले गरेँ र अन्ततः त्यो रात गज्जबको साबित भयो,’ उनले भनेका छन्।
‘त्यो साँझ मैले मेस्सीसँग कुराकानी गरेँ। धेरैबेर त कुरा भएन किनभने उनी खासै अंग्रेजी बोल्दैनन्। तैपनि हामीबीचको सम्मान दुईतर्फी नै रहेछ भन्ने मैले महसुस गरेँ,’ उनले भने।

प्रतिक्रिया