राजनीति


नेकपाकै सांसदले भनेः गोकर्ण र दरबारमार्गको जग्गाबारे सदनलाई जानकारी गराइयोस्

नेकपाकै सांसदले भनेः गोकर्ण र दरबारमार्गको जग्गाबारे सदनलाई जानकारी गराइयोस्

नेपालखबर
पुस ७, २०७६ सोमबार ९:५,

सरकारी जग्गा नीजि क्षेत्रलाई दिने सरकारी निर्णयबारे सदनमा समेत प्रश्न उठेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र दरबारमार्गको जग्गा भाडामा दिने निर्णयबारे सदनलाई यथार्थ जानकारी दिन सरकारसँग माग गरे।

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले जग्गा भाडामा दिने निर्णयबारे र्चातर्फी विरोध र आलोचना भइसकेपछि सरकारले स्पष्ट पार्न ध्यानाकर्षण गराए। उनले भने, ‘सरकारको तर्फबाट यी विषयमा सदनलाई जानकारी गराइयोस्।’

सरकारले हालै मात्र ६ वर्ष अवधि हुँदै गोकर्ण रिसोर्ट भएको जग्गा यती समूहलाई दिने सम्झौताको म्याद थप गरेको थियो। पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल टष्ट्रको कानून संशोधन गरेर यो निर्णय भएको हो।

यस्तै नेपाल ट्रष्टमातहत रहेको दरबारमार्गको जग्गा पनि धेरै सस्तोमा यती समूहलाई नै दिएको भन्दै सरकारको आलोचना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad