कारोबार


धादिङवेशीमा गरिमा विकास बैंकको शाखा कार्यालय उद्घाटन

धादिङवेशीमा गरिमा विकास बैंकको शाखा कार्यालय उद्घाटन

नेपालखबर
पुस ७, २०७६ सोमबार ९:११,

गरिमा विकास बैंक लिमिटेडले धादिङको निलकण्ठ नगरपालिका–३, धादिङ्गवेसीमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ। शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले गरेका हुन्।

कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पुँजी उपलब्ध गराई त्यस क्षेत्रको औधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका खोल्ने विश्वास रहेको बताए।

गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। विकास बैंकले २०७६ पौष ५ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad