राजनीति


‘ट्रिनिटीले रुसबाट कोरोना भ्याक्सिन ल्याउनेबारे सरकारलाई जानकारी छैन’

‘ट्रिनिटीले रुसबाट कोरोना भ्याक्सिन ल्याउनेबारे सरकारलाई जानकारी छैन’

नेपालखबर
असोज १३, २०७७ मंगलबार ११:३९,

रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न ट्रिनिटी फर्मास्युटिकल्सले गरेको सम्झौताबारे सरकारलाई जानकारी नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कुनै कम्पनीले बजार ओगट्नका लागि आपसी सम्झौता गरेको हुनसक्ने भएपनि त्यसका लागि मन्त्रालयसँग कुनै छलफल नगरेको बताए।

‘भ्याक्सिन ल्याउन औषधि व्यवस्था विभागको अनुमति चाहिन्छ, विभागसँग स्वीकृतिका लागि पत्र आए स्वास्थ्य मन्त्रालयमा छलफल हुन्छ,’ सल्लाहकार कार्कीले भने, ‘हालसम्म कुनै कम्पनीले पनि नेपालमा भ्याक्सिन ल्याउने कुरा मन्त्रालयसँग गरेको छैन। कुनै कम्पनीहरुबीच आपसी सम्झौता हुँदैमा नेपालमा सोझै भ्याक्सिन आउँदैन।’

मंगलबार रुसबाट २ करोड ५० लाख डोज कोरोना विरुद्धको भ्याक्सिन नेपाल आपूर्ति गर्ने व्यापारिक सम्झौता भएको सार्वजनिक भएको थियो। रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा भ्याक्सिन आपूर्ति गर्न सम्झौता भएको हो।

रुसबाट भ्याक्सिन ल्याउन ट्रिनिटी फर्मास्युटिकल्सले गरेको सम्झौतासँग सरकारको कुनै सरोकार नभएको र अहिले कसैलाई भ्याक्सिन ल्याउन अनुमति पनि नदिएको कार्कीले बताए।

ट्रिनिटीका निर्देशक किशोर अधिकारीले नेपाल सरकारले भ्याक्सिन ल्याउन स्वीकृति दिए तत्काल नेपालमा उपलब्ध गराउन सकिने दाबी गरेका छन्।

‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँगको सहकार्य घोषणा गर्दा हामी उत्साहित छौं। हामी रुसले बनाएको स्पुतनिक–भी भ्याक्सिनको अन्तिम परीक्षणको नतिजा प्रतिक्षा गरिरहेका छौं’, अधिकारीलाई उद्धृत गर्दै भ्याक्सिनबारे जानकारी दिन बनाएको सोहि फन्डको वेबसाइटमा दाबी गरिएको छ, ‘नेपाल सरकारले अनुमति दिनेबित्तिकै हामी नेपालमा यो भ्याक्सिन उपलब्ध गराउने छौं।’

याे पनि: रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता

यता नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले भदौदेखि नै नेपालका शीर्ष नेताहरुसँग भेटघाट गरी रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको बताएका थिए।

राजदूत नोभिकभले भदौ २ गते नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भएको भेटवार्तामा पनि यस्तो धारणा राखेका थिए।

राजदूतले रसियाले विकास गरेको कोरोना भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जनाउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएका थिए।

याे पनि: रसियन राजदूत भन्छन् : रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई छिट्टै दिन तयार छौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .