जिल्ला सुरक्षा समिति पर्साले वीरगन्ज क्षेत्रमा जारी लकडाउन थप कडा बनाउन सेना परिचालन गरेको छ।
साउन १८ देखि जारी लकडाउन थप कडा बनाउन आइतबारदेखि नै सेना परिचालन गर्ने निर्णय गरिएको हो। लकडाउन भदौ १३ गतेसम्म जारी रहनेछ।
काेराेना संक्रमण बढ्दै गएपछि वीरगंज महानगरपालिकामा साउन १० देखि नै लकडाउन गरिएकाे थियाे भने १८ गतेदेखि पर्सा जिल्लाभर निषाेधाज्ञा गरिएकाे हाे।
जिल्ला सुरक्षा समितिले निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सहयाेगार्थ सेना परिचालन गरेकाे जनाएकाे छ।
3
Shares
प्रतिक्रिया