समाज


गाउँपालिका अध्यक्षले आफैँ संरक्षक बनेर दिलाए नागरिकता

गाउँपालिका अध्यक्षले आफैँ संरक्षक बनेर दिलाए नागरिकता

नेपालखबर
साउन २७, २०८२ मंगलबार ८:५५, तनहुँ

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको हो। 

गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उनलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए।

उनले भने, “७० वर्ष पहिला आँबुखैरेनी आएकी उहाँको परिवारका बारेमा कसैलाई पनि जानकारी छैन । सबैले दुर्गा ठकुरी भनेर चिन्नुहुन्थ्यो, नागरिकता नहुँदा पहिचानविहीन भएपछि नागरिकता बनाउन सहजीकरण गरेका हौँ।”

वडाध्यक्ष केसीले सबै आवश्यक प्रक्रिया पूरा गरेर प्रशासन कार्यालयमा सोमबार उनलाई नागरिकता प्रदान गरिएको जानकारी दिए। “उहाँ कोसँग यहाँ आउनुभयो, उहाँको परिवार को हो भन्ने कसैलाई थाहा छैन । खैरेनीमा सिङ्गापुरे लाहुरे भनेर चिनिने घरमा मात्र ४० वर्ष बस्नुभयो।”

बाबुआमाको पहिचान नखुलेकी महिलालाई आवश्यक सबै प्रक्रिया पूरा गरी नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad