समाज


बङ्गलादेशमा डेङ्गुका कारण ७५ जनाको मृत्यु, ८५ हजार संक्रमित

बङ्गलादेशमा डेङ्गुका कारण ७५ जनाको मृत्यु, ८५ हजार संक्रमित

नेपालखबर
असोज ६, २०७६ सोमबार ११:५१,

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले बङ्गलादेशमा यस बर्ष ७५ जनाको मृत्यु भएको र ८५ हजार व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३२, अगस्टमा ३१ र सेप्टेम्बरमा चार जनाको मृत्यु भएको छ।

अझै १४ हजार १९१ डेङ्गुका विरामीले बङ्गलादेशका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। बङ्गलादेशमा अगस्ट र सेप्टेम्बरमा गरी जम्मा ५२ हजार ६३६ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको बताइएको छ।

डेङ्गुका विरामीको सङ्ख्या क्रमश घट्ने क्रममा रहेको पनि निर्देशनालयले जनाएको छ। विगत २४ घण्टामा राजधानी ढाकामा १४३ सहित देशभर ४६१ जनाले डेङ्गुको उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका पनि सरकारी तथ्याङ्कमा उल्लेख छ।

बङ्गलादेशमा गत बर्ष १० हजार १४८ जनामा डेङ्गुको सङ्क्रमण भएको र २६ जनाको मृत्यु भएको थियो।

गत बर्षको तुलनामा यसबर्षको सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढेको देखिन्छ। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .