समाज


काठमाडौँबाट चामल हुम्ला पुग्न एक वर्ष !

काठमाडौँबाट चामल हुम्ला पुग्न एक वर्ष !

दाने बोहरा
भदौ १०, २०७६ मंगलबार २:४७,

काठमाडौँबाट केरुङ हुँदै नेपाल खाद्य संस्थान सिमकोट चामल पुग्न एक वर्ष लागेको छ।

काठमाडौँबाट पाँच हजार पाँच सय क्विन्टल चालम सिमकोट पुग्न झण्डै एक वर्ष लागेको हो।

काठमाडौँ–केरुङ–हिल्ला हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५/७६ मा चामल पुग्न एक वर्षपछि पुगेको हो।

काठमाडौँ–केरुङ– हिल्साहुँदै सिमकोट पुग्न गाडीमा छ दिन लाग्छ। ठेकेदारको ढिलासुस्तीले स्थलमार्गबाट चामल पुग्न एक वर्ष लागेको हो।

हवाइमार्ग र स्थलमार्गबाट हुम्लामा चामल पु¥याउने जिम्मा चङ्खेली देउती बजै जेभीका ध्रुब शाहीले लिएका छन्।

सिमकोट डिपोका लागि चार हजार र याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने एक हजार पाँच सय क्विन्टल गरी पाँच हजार ५०० क्विन्टल चामल बल्लतल्ल केरुङ नाकामा पुगेको छ।

हवाइमार्गभन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए पनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीलाई समस्या भएको छ।

स्थलमार्ग काठमाडौँबाट केरुङ, हिल्सा हुँदै सिमकोट पुग्दा प्रतिकेजी ४२ रुपैयाँ भाडा लाग्ने नेपाल खाद्य संस्थानका सुब्बा सुरेन्द्र पोखरेलले जानकारी दिए।

अहिले नेपागञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले प्रतिकेजी चामलको भाडा ११५ र सुर्खेतबाट १०५ रुपैयाँ लिने गरेका छन्।

आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म पाँच हजार ५०० मध्ये चार हजार क्विन्टल चामल सिमकोट डिपोमा र एक हजार ५०० क्विन्टल चामल याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने भए पनि समयमै नपुगेको हो।

खाद्य संस्थानका प्रमुख रामबहादुर विष्टले सिमकोट डिपोमा चामल पु¥याउनका लागि सडकमार्ग प्रयोग गरिएको बताए।

काठमाडौँबाट केरुङ हुँदै हिल्सासम्म पुग्न पाँच दिन लाग्छ। केरुङ नाकादेखि हिल्सा जान दुई दिन लाग्ने गरेको विष्टले बताए।

हिल्सादेखि याल्वाङ पुग्न एक दिन गरी स्थलमार्गबाट काठमाडौँदेखि सिमकोट पुग्न छ दिन लाग्ने गरेको उनको भनाई छ।

हवाइमार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडौँबाट केरुङ हुँदै आउन छ दिन लाग्नुका साथै झन्झट हुने गरेको छ।

नेपालगञ्ज र सुर्खेतबाट गरी हवाइमार्गबाट गत आर्थिक वर्षको असारसम्म सिमकोट खाद्य संस्थान शाखामा १३ हजार १०७ क्विन्टल चामल भित्रिएको संस्थानले जनाएको छ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका स्थानीयवासीले दैनिक पिठ्युँमा भारी बोकेर जीविकोपार्जन गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad