समाज


चीनको जनसंख्या वृद्धिदर निकै सुस्त र चिन्ताजनक, विज्ञ भन्छन्ः बच्चा पाउन प्रोत्साहित गर्नुपर्छ

चीनको जनसंख्या वृद्धिदर निकै सुस्त र चिन्ताजनक, विज्ञ भन्छन्ः बच्चा पाउन प्रोत्साहित गर्नुपर्छ

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ८:३९,

यतिबेला चीनको कुल जनसंख्या एक अर्ब ४१ करोड पुगेको बीबीसीले जनाएको छ। तर जनसंख्या वृद्धि भएतापनि जन्मदर निकै सुस्त भएकाले चीन सरकार चिन्तामा परेको छ।

गएको १० वर्षको तथ्यांकअनुसार चीनको औसत वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रह्यो। यो वृद्धिदर सन् २००० देखि २०१० को तथ्यांकभन्दा कम हो।

त्यसबेला हरेकवर्ष ०.५७ प्रतिशतले जनसंख्या वृद्धि भइरहेको थियो। चिनियाँ विशेषज्ञहरुका अनुसार जनसंख्या यस्तो सुस्त गतिमा बढ्नु चिन्ताजनक विषय हो।

यस तथ्यांकले चिनियाँ सरकारलाई दबाब बढेको र सरकारले बच्चा पाउन प्रोत्साहित गर्ने कार्यक्रमहरु ल्याउनुपर्ने विज्ञहरु बताउँछन्।

चीनमा हरेक १० वर्षमा एकपटक जनसंख्याको तथ्यांक जारी गरिन्छ। चीन सरकारका अनुसार करिब ७० लाख कर्मचारीले यस जनगणनामा हिस्सा लिएका थिए। उनीहरुले हरेक मानिसको घरमा गएर तथ्यांक लिएका थिए।

जनसंख्यामा हुने घटबढलाई चीनमा गम्भिरताका साथ लिइन्छ किनभने जनसंख्यालाई आधार मानेर चीनमा भविष्यको नीति तथा योजना बनाइन्छ।

जानकारहरुका अनुसार चीनको वार्षिक जनसंख्या वृद्धिदर चिन्ताजनकस्तरमा पुग्नुमा चीनको विवादस्पद ‘वान चाइल्ड पोलिसी’ मुख्य कारक हो।

चीनमा सन् १९७९ मा यो नीति लागू भएको थियो। जसअनुसार एक मात्र बच्चा पाउन पाइन्थ्यो। एकभन्दा बढी बच्चा पाएमा जरिवाना गरिन्थ्यो, गर्भपत नै पनि गराएको बताइएको छ।

सन् २०१६ मा आएर चीनले उक्त नीतिलाई खारेज गरेको थियो। यतिबेला चीनमा एक जोडीले दुई बच्चा पाउन सक्छन्।

युवा तथा जवानको भन्दा वृद्धवृद्धाको जनसंख्या बढी भएपछि सो नीति खारेज गरिएको थियो।

नीति खारेज गरिएको एक वर्षपछि चीनले सन् २०१७ मा वितेको वर्षभन्दा १३ लाख बढी बच्चा चीनमा जन्मिएको बताएका थिए।

तर पनि त्यहाँ जनसंख्या वृद्धि न्युन मात्रामा मात्रै भएको छ। किनभने ‘वान चाइल्ड पोलिसी’ आएपछि नै धेरै आमाहरुले गर्भपतनजस्ता उपाय अपनाएका थिए, जसका कारण अहिले उनीहरुले बच्चा पाउन सक्दैनन्।

सन् २०५० को दशकमा चीनमा ३ करोड मानिसहरु काम गर्ने उमेरको हुने चीनको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad