राजनीति


नयाँ सरकार गठनबारे बूढानीलकण्ठमा देउवा–प्रचण्डबीच छलफल

नयाँ सरकार गठनबारे बूढानीलकण्ठमा देउवा–प्रचण्डबीच छलफल

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ८:१६,

बहुमतको सरकार गठनको प्रयास तीव्र पारेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

देउवा निवास बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच छलफल भएको देउवानिकट एक नेताले जानकारी दिए।

छलफलमा देउवा नेतृत्वमा सरकार निर्माणको प्रक्रियामा अन्य पक्षसँग कसरी सहमति जुटाउने भन्ने विषयमै केन्द्रित रहेको बताइएको छ।

जनता समाजवादी पार्टी (जसपा) भित्रको विभाजनका कारण नयाँ सरकार गठन गर्न मुश्किल पर्ने संभावना देखिएका बेला देउवा र प्रचण्डबीच छलफल भएको हो।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका छन्।

संसदमा मतदानलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन्। त्यसका लागि उनले तीन दिनको समय दिएकी छन्।

बैशाख ३० गतेभित्र नयाँ सरकार गठनका लागि आवश्यक बहुमत र प्रधानमन्त्रीको उम्मेदवारसहित आउन उनले आह्वान गरेकी छन्।

त्यसका लागि संसदमा रहेका दुई वा सोभन्दा बढी दलहरुले बहुमतसहित राष्ट्रपतिसमक्ष प्रस्ताव गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad