आज बिहान पानीसहित परेको चट्याङमा परी मोरङको छुट्टाछुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० वर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको हो।
उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङमा परी गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरियाका ४५ वर्षीय मुक्तर मिया अन्सारी र निजकै श्रीमती २६ वर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङको झट्का लागि घाइते भएका हुन्।
उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया