समाज


भक्तपुर प्रहरीले अस्पतालहरूलाई बुझायो ९५ थान अक्सिजन ग्यास सिलिन्डर

भक्तपुर प्रहरीले अस्पतालहरूलाई बुझायो ९५ थान अक्सिजन ग्यास सिलिन्डर

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ७:३७,

महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूसमेतबाट संकलन गरिएका खाली तथा भरी ९५ थान अक्सिजन ग्यास सिलिन्डर विभिन्न मितिमा संकलन गरी कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूलाई बुझाइएको छ।

संकलन गरिएका उक्त सिलिन्डरहरू उपचार भइरहेका बिरामीहरुले प्रयोग गरिरहेको अक्सिजन सकिएको र मौज्दात समेत नभएको अवस्थामा अस्पताललाई बुझाइएको प्रहरीले जनाएको छ।

यसक्रममा प्रहरीले भक्तपुर इन्टरनेशनल अस्पताल लोकन्थलीमा १२ वटा भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० वटा खाली र ५ वटा भरी गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा ३ वटा भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ वटा खाली सिलिन्डर वितरण गरेको छ।

कोभिड १९ को महामारीले दिनानुदिन संक्रमितको संख्या बढ्दै जाँदा बिरामीहरूको चाप बढ्दै गई अस्पतालमा बेड भर्ना भएर उपचार गराइरहेका बिरामीहरूलाई उपचारका लागि अक्सिजनको अभाव भएको छ।

यसले उपचारमा कठिनाइ भएको अवस्थालाई हृदयंगम गरी भक्तपुर जिल्लाका वडा क्षेत्रमा स्वास्थ्य क्षेत्र बाहेक प्रयोग भइरहेका उद्योग, कल कारखाना तथा कवाडी संकलन केन्द्र समेतमा रहेका उक्त सिलिन्डरहरू प्रहरीले संकलन गरी अस्पताललाई वितरण गरेको तथा अन्य सिलिन्डरहरू समेत खोजी भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad