समाज


बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाको निधन

 बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाको निधन

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ११:१६,

बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाको निधन भएको छ।

 फोक्सो र मुटको समस्याबाट पीडित सिन्हाको केही दिनदेखि मुम्बइको जुहुस्थित एक अस्पतालमा उपचार भइरहेको थियो। स्वस्थ्य अवस्था खराब हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

उपचारकै क्रममा बिहीबार दिउँसो उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सिन्हा ७० –८० को दशककी चर्चित अभिनेत्री हुन्। उनका ‘छोटीसी बात’, ‘रजनीगन्ध’, ‘पति पत्नी औ वो’, ‘मुक्ति’ लगायतका फिल्म चर्चित मानिन्छन्।

दुईवटा विवाह गरेकी उनी पछिल्लो समय एक्लै थिइन्। उनको मृत्युलाई लिएर बलिउडका थुप्रै चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad