खेल


विराटको अर्को विश्व किर्तिमानः एक दशकमा २० हजार अन्तर्राष्ट्रिय रन बनाए

विराटको अर्को विश्व किर्तिमानः एक दशकमा २० हजार अन्तर्राष्ट्रिय रन बनाए

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ११:३,

विराट कोहली एक दशकमा २० हजार अन्तर्राष्ट्रिय रन बनाउने पहिलो खेलाडी बनेका छन्।

एक दशकमा २० हजार अन्तर्राष्ट्रिय रन बनाएर कोहलीले विश्व किर्तिमानी रचेका हुन्।

तीन सेरिजको एकदिवसीय क्रिकेटको अन्तिम खेलमा कोहलीले बुधबार वेस्ट इन्डिजविरुद्ध सतक प्रहार गरेसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पुरा गरेका हुन्।

विराटको यस सतक एकदिवसीयको ४३ औं सतक भएको बताइएको छ। विराटले बुधबार ११४ रन बनाएका थिए। भारतले वेस्ट इन्डिजविरुद्धको तीन सेरिजको क्रिकेट पनि जितेको छ।

यसअघि अस्ट्रेलियाका रिकी पोन्टिङ एक दशकमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी थिए। उनले २००० को दशकमा १८ हजार ९६२ रन बनाएका थिए।

विराटले सन् २००९ देखि २०१९ सम्ममा २० हजार अन्तर्राष्ट्रिय रन बनाएर इतिहास रचिदिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .