समाज


कांग्रेस दोलखाका पूर्वसभापति न्यौपानेको रुखले किचेर मृत्यु

कांग्रेस दोलखाका पूर्वसभापति न्यौपानेको रुखले किचेर मृत्यु

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार १३:२५,

नेपाली कांग्रेसका दोलखाका पूर्वसभापति देवीप्रसाद न्यौपानेको रुखले किचेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी भेषराज रिजालका अनुसार बिहीबार दिउँसो घर नजिकै काटिएको रुखले थिचेर न्यौपानेको निधन भएको हो।

‘घटनास्थलतर्फ प्रहरी पठाएको छु। थप विवरण आउँदैछ’ रिजालले भने, ‘नयौपानेको घर नजिकै सो दुर्घटना भएको जानकारी आएको छ।’

दोलखाका कांग्रेसका दुई पटक सभापति भएका न्यौपाने तामाकोसी गाउँपालिका-३ का स्थायी बासिन्दा हुन्। उनी पहिले शिक्षक रहेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad