ad ad

समाज


घुस मागेको अभियोगमा इन्जिनियरविरुद्ध मुद्दा

घुस मागेको अभियोगमा इन्जिनियरविरुद्ध मुद्दा

नेपालखबर
साउन २७, २०७६ सोमबार १५:४७,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका सिरहाका इन्जिनियर जगदीशप्रसाद साह र सवइन्जिनियर उमा श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज बनाइदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ। उनीहरुलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै, आयोगले रामनगर नगरपालिका सर्लाहीमा कार्यरत इन्जिनियर रामजीबाबु यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ। विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कन गरिदिने र भुक्तानी सहज बनाइदिने भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस मागेको आरोप इञ्जिनीयर यादवमाथि लागेको छ। आरोपी यादवलाई बिगो अनुसारको जरिवाना र कैद सजायको माग गरिएको आयोगले जनाएको छ।

यसैगरी डिभिजन सडक कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेलविरुद्ध समेत विशेष अदालतमा आयोगले आज मुद्दा दायर गरेको छ। सडक स्तरोन्नतिसम्बन्धी योजनाको भुक्तानी गरिदिए वापत रु एक लाख ७५ हजार घुस मागेको आरोप पौडेलमाथि लागेको छ।

त्यस्तै आयोगले सशस्त्र प्रहरी बल नं ४ गण इनरुवाका सशस्त्र प्रहरी जवान बलराम यादवविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ। व्यापार व्यवसाय सहज बनाइदिने भन्दै सेवाग्राहीसँग यादवले रु एक लाख ५० हजार घुस मागेको आरोप लागेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .