ad ad

खेल


प्रशिक्षकलाई पदोन्नतिको अवसर

प्रशिक्षकलाई पदोन्नतिको अवसर

नेपालखबर
साउन २७, २०७६ सोमबार १६:४,

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ)ले २२औँ वार्षिकोत्सवको अवसरमा १९ प्रशिक्षक र खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्ट्रिय डानमा पदोन्नतीको अवसर प्रदान गरेको छ।

आइटिएफले पहिलोदेखि पाँचौँ डानमा उनीहरुलाई पदोन्नतिको अवसर प्रदान गरेको हो। लगनखेलस्थित नेपाली सेनाको तालीम तथा प्रशिक्षण केन्द्रमा आज आयोजित कार्यक्रममा चौथो डानमा १३ खेलाडी र पाँचौँ डानमा छ खेलाडीको ग्रेडिङ परीक्षा लिएको थियो। उनीहरूलाई अन्तर्राष्ट्रिय ग्रान्डमास्टर (नवौँ डान) कोरियाली जो चोल होले ग्रेडिङ लिएको एनआइटिएफका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए।

बेल्ट पदोन्नतिका १९ खेलाडी करीब एक महीनादेखि प्रशिक्षणका क्रममा रहेका थिए। पाँचौँ डानको परीक्षा दिनेमा महासंघका उपाध्यक्षसमेत रहेका प्रशिक्षक विजय श्रेष्ठ, कोषाध्यक्ष वासुदेव भट्ट, प्रशिक्षकहरू निर्मला गुरुङ, चतुरलाल चौधरी, राजेन्द्र धिमाल र नीरबहादुर सारु छन्।

यस्तै हनक लिम्बु, रोशन आचार्य, बबिता राजथला, मानबहादुर घर्तिमगर, शर्मिला महत, रूपसिंह मोक्तान, कुमार थापा, रितमान कामु, आकाशचन्द्र घर्तिमगर, चन्द्रबहादुर तामाङ, लिलाधर बस्नेत, धर्मराज कँडेल र गजेन्द्रकुमार थापाले अन्तर्राष्ट्रिय चौथो डानको परीक्षा दिएका थिए। अन्तर्राष्ट्रिय चौथो डान पाएपछि मात्र अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता पाइनेछ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .