समाज


ललितपुरका सडकमा ‘स्पिड ब्रेकर’ भत्काउँदै नगर प्रहरी

ललितपुरका सडकमा ‘स्पिड ब्रेकर’ भत्काउँदै नगर प्रहरी

नेपालखबर
माघ १, २०७७ बिहिबार १२:३८,

ललितपुर महानगरपालिका भित्रका सडकमा रहेका ‘स्पिड ब्रेकर’ हटाउन थालिएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको निर्देशनपछि नगर प्रहरीले सडकमा राखिएका ब्रेकर हटाउन थालेको हो।

नगरपालिकाका सार्वजनिक सडकमा अब स्पिड ब्रेकर नरहने नगर प्रहरी प्रमुख सिताराम हाछेथूले बताए। सडकमा बनाइएका यस्ता ब्रेकरले दुर्घटना कम गर्नेभन्दा पनि दुर्घटना बढाएको निष्कर्षपछि यसको विकल्प खोजिएको हो।

No description available.

स्पिड ब्रेकरको ठाउँमा स्पिड कम गर्न सूचना, सडक बत्ति, रबरको कोण वा डिभाइडर राख्न सकिने हाछेथूले बताए। ब्रेकरले यात्रुलाई असहज हुने र सवारी साधानमा समेत क्षति पुग्ने भएकाले हटाउन थालिएको हो।

No description available.
‘तीव्र गतिका सवारी रोक्न यस्ता ब्रेकर बनाएको बताइए पनि ठीक उल्टो नतिजा देखिएको छ’, हाछेथूले भने, ‘अकस्मात ब्रेक लगाउँदा पनि दुर्घटनाको खतरा भयो, नलगाउँदा पनि दुर्घटना हुने, यसले धेरैको ज्यान लिएको छ। त्यही भएर हटाउन थालेका हौं।’

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad