काठमाडौंमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित तीन जना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–३ घर भई काठमाडौंको बौद्ध वस्ने वर्ष २८ को अर्जुर जिरेल, कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भएका वर्ष २२ को राज कँडेल र दोलखाको जिरी नगरपालिका ३ घर भइ हाल भक्तपुर नयाँवस्ती वस्ने वर्ष ४८ का जयबहादुर जिरेल रहेका छन्।
शंखमुल एरियामा दुर्लभ बन्य जन्तु चितुवाको छाला बेचबिखन भईरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको बिशेष टोलीले खोजतलास गर्दा एक थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया