समाज


गेस्टहाउसबाट दुई जना लागुऔषध कारोबारी पक्राउ

गेस्टहाउसबाट दुई जना लागुऔषध कारोबारी पक्राउ

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ९:३६,

प्रहरीले काठमाडौंको एक गेस्ट हाउसबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका–४ गाईघाटका २७ वर्षीय सुरज चौधरी र सल्यानको त्रिवेणी गाउँपालिका–७ लुहामका २४ वर्षीय कुमार विक रहेका छन्।

गोप्य सूचनाको आधारमा प्रहरीले मित्रनगरस्थित गेष्ट हाउसमा बसेका चौधरी र विकलाई शंका लागि सोधपुछ तथा निजहरू बसेको कोठा खानतलासी गर्ने क्रममा कालो झोला भित्र लुकाई राखेको अवस्थामा ३ वटा प्लाष्टिकले बेरेको ईट्टा आकारको ३केजी लागुऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad