प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपालाई आगामी चुनावमा १० सिट जितेर देखाउन चुनौति दिएका छन्।
‘उहाँहरुले ठूलो कुरा गर्नुभएको छ, म उहाँहरुलाई चुनौति दिन्छु, दुई अंकमा सिट जितेर देखाउनुस् अर्थात् देशभरबाट १० सिट ल्याएर देखाउनुस्,’ शुक्रबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दैै ओलीले भने, ‘जसलाई छोरी, बुहारीको मतलब छ, जनताको मतलब छैन, उनीहरुले पार्टी हाम्रो रे? यो पार्टी देश बनाउनेहरुको र जनताको पार्टी हो।’
उनले बैशाख १७ गते र २७ चुनाव भएरै छाड्ने दाबी गरे।

प्रतिक्रिया