द सनका अनुसार ९५ प्रतिशत प्रभावकारी सावित भएको दाबी गरिएको ती कम्पनीको कोरोना खोप प्रयोगमा बेलायतले अनुमति दिएको हो।
बेलायतको मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले फाइजर र बायोनटेकको खोप सुरक्षित भएको बताएको छ।
यससँगै अमेरिकी कम्पनी फाइजर र बायोनटेकको कोरोना खोपलाई पहिलोपटक अनुमति दिने देश बेलायत बनेको छ।
बेलायतले फाइजरको चार करोड डोज खोप मगाइसकेको छ। २ करोड मानिसलाई यी खोपहरु दुई–दुई डोज दिइने बीबीसीले जनाएको छ।
आगामी हप्तादेखि नै यो खोप यहाँ प्रयोगमा आउनेछ। साथै चाँडै यस खोप सामूहिक रुपमा लगाउन सुरु गरिने बेलायती अधिकारीहरुले जानकारी दिएका छन्।
प्रतिक्रिया