ad ad

कारोबार


एनआईसी एसिया बैंकको मोबाइल बैंकिङबाटै ग्राहकले मुद्दती खाता खोल्न सक्ने सुविधा

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङबाटै ग्राहकले मुद्दती खाता खोल्न सक्ने सुविधा

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ७:२१,

एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ्गमार्फत ग्राहक आफैँले मुद्दती खाता खोल्नसक्ने सुविधा सुरु गरेको छ।

डिजिटल बैंकिङ्गको प्रवर्द्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन बैंकले नवीन सेवा सुरु गरेको हो।

बैंकका ग्राहकले ‘एनआईसी एसिया मोबैंक’ एपमा रहेको फिक्स्ड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्ने भएका हुन्।

ग्राहकले कम्तीमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले ल्याएका यो सुविधाअन्तर्गत स्वचालित पद्धतिअनुरूप ग्राहकले क्षणभरमै मुद्दती खाता खोली विना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिन सक्ने बैंकको दाबी छ।

बैंकले हाल शाखा कार्यालयहरू तथा वेबसाइटमार्फत मुद्दती खाता खोल्ने सुविधा दिँदै आएकोमा एपमार्फत थालनी गरिएको यस सुविधाबाट ग्राहकले अझ सहज रुपमा मुद्दती खाता खोल्न सक्नेछन्।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस अनलाइन माध्यमबाट मुद्दती निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको छ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्ने मानिसहरूको संख्यामा समेत तीव्र रुपमा वृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन यो योजनाले सहयोग पु¥याउने बैंकले लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .