ad ad

समाज


चीनका वैज्ञानिकको दाबी : कोरोना भाइरसको उत्पत्ति भारतमा भएको हो

चीनका वैज्ञानिकको दाबी : कोरोना भाइरसको उत्पत्ति भारतमा भएको हो

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ६:९,

चीनका वैज्ञानिकले कोरोना भाइरस आफ्नो देशमा नभई भारतमा उत्पत्ति भएको दाबी गरेका छन्।

विश्वमा सबैभन्दा पहिले चीनको उहानमा कोरोना संक्रमण देखिएको भन्ने कुरालाई अस्वीकार गर्दै उनीहरूले भारतमा भाइरस उत्पन्न भई विश्वमा फैलिएको दाबी गरेका हुन्।

बेलायती पत्रिका डेली मेलका अनुसार चिनियाँ एकेडेमी अफ साइन्सेजका वैज्ञानिकको टोलीले सन् २०१९ को गर्मी याममा कोरोना भाइरस भारतमा उत्पत्ति भएको दाबी गरेको हो।

गर्मीका बेला मानिस तथा जनावरलाई फोहोर पानी खान बाध्य पारिँदा त्यसैबाट कोरोना भाइरस मानिसमा सरेर भारतबाट चीनको उहान पुगेको उनीहरूको दाबी छ। र, उहान पुगेपछि यो कोरोना भनेर चिनिएको वैज्ञानिकको भनाइ छ।

तर अन्य देशका वैज्ञानिकले यो दाबीलाई गलत भनेका छन्। बेलायतको ग्लास्गो विश्वविद्यालयका विशेषज्ञ डेभिड रबर्ट्सनले चीनका वैज्ञानिकको दाबी गलत भएको बताएका हुन्।

सीमामा विवाद भइरहेका बेला राजनीतिक पूर्वाग्रहका आधारमा चीनले भारतविरुद्ध यस्तो दोष लगाएको बताइएकाे छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वमा पहिले कोरोना कहाँबाट उत्पति भयो भनेर अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .