ad ad

राजनीति


नेकपामा यसपटक विधिले जित्यो भने राष्ट्र, वर्ग र जनताको जित हुन्छ : जनार्दन

नेकपामा यसपटक विधिले जित्यो भने राष्ट्र, वर्ग र जनताको जित हुन्छ : जनार्दन

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ६:७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले संस्थागत मूल्य बोध गर्न शीर्ष नेताहरुलाई आग्रह गरेका छन्।

शनिबार बस्न लागेको पार्टी सचिवालयको बैठकअघि नेता शर्माले सामाजिक सञ्जालमार्फत नेताहरुलाई यस्तो आग्रह गरेका हुन्।

उनले नेताहरुलाई आफूभित्रको इमान चिन्न र सिद्धान्त, विधि, पद्दतिलाई व्यवाहारमा लागू गर्न समेत आग्रह गरेका छन्। आफू हारेर भए पनि पार्टीलाई बचाएर नेता हुँ भन्न समेत उनले नेताहरुलाई सुझाब दिएका छन्।

पूर्वमन्त्री समेत रहेका शर्माले नेताहरुले इमानदारिता देखाए विधिले जित्ने र विधिको जित भएमा राष्ट्र, वर्ग र जनताको समेत जित हुने बताएका छन्।

 ‘आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफैभित्रको इमान नापेर हेर। संस्थागत मूल्य बोध गर। सिद्धान्त विधि पद्धतिलाई व्यवहारमा लागू गरेर प्रमाणित गर। अनि आफू हारेर पार्टीलाई बचाएर भन म नेता हुँ। त्यसो भए विधिले जित्ने छ। यसपटक विधिले जित्यो भने राष्ट्र, वर्ग र जनताको जित हुनेछ। अन्यथा...’ सामाजिक सञ्जाल ट्विटरमा नेता शर्माले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .