नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा १ हजार ९४८ जनामा कोरोना पुष्टि भएको हाे।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार १४० जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।
त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ।
42
Shares
प्रतिक्रिया