प्रयोगकर्तालाई थाहै नदिई उनीहरुको जानकारी अन्य अपरेटरलाई सेयर गरेपछि फेसबुकमाथि दक्षिण कोरियाको नियामक निकायले लाखौं डलर जरिवाना गरेको रोयटर्सले जनाएको छ।
कोरियाको व्यक्तिगत सूचना संरक्षण आयोग पीआईपीसीका अनुसार सन् २०१२ देखि २०१८ को अवधिमा फेसबुकले ३३ लाखभन्दा बढी कोरियाली प्रयोगकर्ताको जानकारी अन्य अपरेटरलाई बिना अनुमति प्रदान गरेको छ।
फेसबुकमार्फत अन्य अपरेटरमा लग इनहुँदा प्रयोगकर्ताको जानकारी धेरै अपरेटरको पहुँचमा बिना अनुमति पुग्ने गरेको पाइएको जनाइएको छ।
पीआईपीसीले फेसबुकमाथि आपराधिक मुद्दा चलाउने प्रयास पनि गरिरहेको जनाएको छ।
6
Shares
प्रतिक्रिया